CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...
32 ancient-era tombs discovered in Egypt’s Minya...
Mouse embryos grown in space for first time: Japan researchers...
Japan Moon lander revives after lunar night...
Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...
We will utilise this opportunity to smooth supply of fertilisers...
Departure in IT sector essential for national prosperity: Minister Sharma...
What are the rumors about Canada’s student immigration policy?...
Himlung Himal records season’s first summit of 7,000-metre peak...
63 mountaineers granted Mt Everest spring climbing permits...
वीरेन्द्रनगर–१०, सुर्खेतकी रामकुमारी सुनार (५६) को घरमा गएको असोज महिनामा एक्कासी बन्दुक सहितको प्रहरी टोली प्रवेश गर्यो । घरमा बिरामी श्रीमान् मात्रै थिए, छोराछोरी बाहिरै थिए ।
प्रहरी देखेर रामकुमारी बेहोश भइन्, घरमै ढलिन् । ‘प्रहरीले मलाई निकै बेर चिमोटेछ, म उठ्दा मेरो शरीरभरि निला छापहरू थियो, कपाल उखेलिएको थियो’ उनी रोइन्, ‘नाटक गरेको हो कि के गरेको भन्दै चिमोटेछ, सर ।’
अहिले प्रहरी देख्दा पनि उनलाई डर लाग्छ । ‘घरमा अहिले पनि पुलिस आएको आयै गर्छ’ सुनारले भनिन्, ‘मेरो फर्किएर जानसक्ने स्थिति छैन, छोराछोरीलाई यो कुरा थाहै थिएन । प्रहरी गएको गयै गर्न थालेपछि अब थाहा पाए होलान् ।’
रामकुमारीले २०७७ साल माघ, फागुन महिनातिर ४ लाख रुपैयाँ स्थानीय विष्णु गिरीबाट ऋण लिएकी थिइन् । त्यो बुझाइसकेर उनले बैंकको भौचर पनि लिएकी छन् । तर, यो बीचमा विष्णुका श्रीमान् दीपकले ११ लाखको तमसुक बनाएको उनी बताउँछिन् ।
‘मलाई खाली पानामा सही गराइएको थियो, चुक्ता गर्ने भनेपछि म कागज गर्थें’ रामकुमारीले सुनाइन्, ‘तर, चुक्ता गर्न भनेर जाँदा उल्टै ऋण बढिरह्यो ।’

त्यतिबेला आफूसँग भएको ५ तोला सुन समेत बिक्री गरेर पैसा दिएको उनी बताउँछिन् । ‘पटक–पटक गरेर त १७/१८ लाख रुपैयाँ तिरें होला’ उनी भन्छिन्, ‘बोलाउँदै पैसा दे भनेर धम्की दिन्थिन्, खातामा हाल्दिन्छु भन्दा पनि किन हाल्नुपर्यो भनेर कराउँथिन् ।’
प्रहरीले उनलाई लैजान नसकेपछि साहुले अदालतमा मुद्दा दर्ता गरे । उनका भनाइमा, मैले तिरेको विवरण देखाएँ । तर, अदालतले उनकै तमसुकलाई मात्रै आधार मान्यो । मलाई फेरि ११ लाख दिन भन्दै अहिले यातना दिएको दियै छन्’ उनी प्रश्न गर्छिन्, ‘लिएको भए जसरी पनि दिन्थें, तर लिंदै नलिएको त्यत्रो पैसा मैले कहाँबाट ल्याउँ ?’