June 6, 2026
Latest News

CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...

32 ancient-era tombs discovered in Egypt’s Minya...

Mouse embryos grown in space for first time: Japan researchers...

Japan Moon lander revives after lunar night...

Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...

We will utilise this opportunity to smooth supply of fertilisers...

Departure in IT sector essential for national prosperity: Minister Sharma...

What are the rumors about Canada’s student immigration policy?...

Himlung Himal records season’s first summit of 7,000-metre peak...

63 mountaineers granted Mt Everest spring climbing permits...

वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

2024 February 24 Sat 5:51 am

Share

जब हामीलाई झनक्क रिस उठ्छ, तब के गर्छौं ? कराउँछौं, चिच्याउँछौं, तोडफोड गर्छौं, झैं–झगडा गर्छौं ।  हाम्रो शरीरले जुन प्रतिक्रिया दिन्छ, त्यो कुनै पनि रुपमा फाइदाजनक छैन । यो तथ्य थाहा भएर पनि हामी नरिसाई बस्न सक्दैनौं । वा रिसलाई नियन्त्रणमा राख्न सक्दैनौं ।हामीलाई रिस उठ्नुमा खासगरी दुई कुरा जिम्मेवार हुन्छन्– जैविक र मनोवैज्ञानिक । रिस हरेक व्यक्तिमा हुने एक किसिमको प्राकृतिक गुण (अवगुण) हो । यसकारण रिस उठ्नु स्वभाविक पनि हो ।

हामी भन्ने गर्छौं, जब रिस उठ्छ त्यसलाई नियन्त्रण गर्नुपर्छ । कसरी ?मनलाई अन्यत्र मोड्नुपर्छ, लामो र गहिरो सास लिनुपर्छ, बाहिर हिंड्डुल गर्न निस्कनुपर्छ, रमाइलो गीत सुन्नुपर्छ । तर के व्यावहारिक रुपमा यो सम्भव छ ? रिस उठिरहेको बखत हामी त्यसलाई शान्त गर्ने यी विधिहरु खोज्ने गर्छौं ।रिसको चरणमा पुगेको बेला त्यसलाई हामीले मोड्न कठिन हुन्छ । रिसलाई कुनै न कुनै रुपमा व्यक्त नै गरिन्छ । चाहे मूर्खले होस् वा चाहे विद्वानले नै । रिसको झोंकमा केही न केही गरेकैरिसको चरणमा पुगेको बेला त्यसलाई हामीले मोड्न कठिन हुन्छ । रिसलाई कुनै न कुनै रुपमा व्यक्त नै गरिन्छ । चाहे मूर्खले होस् वा चाहे विद्वानले नै । रिसको झोंकमा केही न केही गरेकै हुन्छन् ।यो पनि पढ्नुहोस

साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय

रिसाउनु मानवीय संवेगको एउटा स्थिति हो । शरीरभित्र र बाहिर यसले हानि नै गर्छ । रिसाएको बेला हाम्रो मुटुको गति तीव्र हुन्छ, श्वासप्रश्वास अनियमित हुन्छ । शरीरमा कतिपय यस्ता रसायन पैदा हुन्छ, जसले भित्री अंगको कार्यप्रणालीमा अवरोध पुर्‍याउँछ ।

 

हाम्रो मस्तिष्कमा एउटा सानो भाग हुन्छ, जसलाई ‘आमिग्डाला’ भनिन्छ । यसलाई रिसको केन्द्र पनि भन्ने गरिन्छ । मान्छेलाई कुनै कुरामा चित्त नबुझ्दा यही भाग सक्रिय हुन्छ र त्यसमा कुनै न कुनै प्रतिक्रिया जनाउन तम्सिन्छन् ।

रिसले बाहिरी रुपमा जुन असर गर्छ त्यो त हामी सबैले देखे, भोगे, झेलेकै कुरा हो । कराउने, झगडा गर्ने इत्यादि रिसकै नतिजा हुन् । संसारमा आठ अर्ब हाराहारीमा मान्छे छन् र सबैसँग यो अवगुण पनि छ । सबै रिसाउँछन् । रिसलाई कुनै न कुनै रुपले व्यक्त गर्छन् ।

यद्यपि कोही सानोतिनो कुरामा रिसाइरहने हुन्छ भने झिना मसिना कुरामा खासै वास्ता नगर्ने हुन्छन् । कोही पटक-पटक रिसाइरहन्छन् भने कोही त्यस्ता हुँदैनन् । कोही रिसाउनासाथ चिच्याउने, तोडफोड गर्ने हुन्छन् भने कोही रिसाएपछि झट्ट प्रतिक्रिया नजनाउने पनि हुन्छन् ।

यो कुरा मान्छेको पृष्ठभूमि, अवस्था र वातावरणमा फरक पर्छ । साथै शारीरिक र मानसिक स्थिति पनि यसमा जिम्मेवार हुन्छ । कतिपय मानसिक समस्याले गर्दा पनि मान्छेलाई रिस उठिरहने हुनसक्छ ।

सारमा बुझ्नुपर्ने के भने रिस हामी सबैलाई उठ्छ । त्यसलाई हामीले फरक-फरक ढंगले व्यक्त गरिरहेका हुन्छौं । त्यसो भए के रिसलाई नियन्त्रण गर्न सक्छौं ? झनक्क रिस उठ्दा त्यसलाई शान्त तुल्याउने कुनै विधि छ ?

जब रिस उठ्छ, तब लामो सास तान्ने, मनपर्ने किताब पढ्ने भन्ने कुरा त्यति व्यावहारिक छैन । यद्यपि हामीले रिसले शरीरको भित्री प्रणाली र बाहिरी रुपमा पार्ने नराम्रो असरलाई बुझ्न सक्यौं भने रिस उठ्ने स्थितिलाई कम गर्न सक्छौं । रिस उठ्ने परिस्थिति र मनस्थितिलाई बदल्न सक्छौं ।

जस्तो हामीलाई के कुराले रिस उठ्छ ? कुन कुरामा हामी बढी रिसाउँछौं ? यो कुरा पहिल्याउन सकिन्छ । अतः त्यस्ता कुराहरुलाई हामीले बेवास्ता गर्न सक्छौं, जसकारण हामीलाई रिस उठ्छ । साथै त्यस्तो परिस्थिति सिर्जना हुनै दिंदैनौं ।

रिसाउने मान्छेमा मुटुरोगको जोखिम बढी हुन्छ । यसले उच्च रक्तचाप जस्तो कतिपय दीर्घरोग पैदा गर्छ । विभिन्न अध्ययनमा के पाइएको छ भने रिसाइरहने मान्छेको आयु तुलनात्मक रुपमा कम हुन्छ ।

व्यायाम गर्ने, हिंडडुल वा घुमफिर गर्ने, योग ध्यान गर्ने, पुस्तक पढ्ने अभ्यासले रिसको स्थिति आउन दिंदैन ।