CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...
32 ancient-era tombs discovered in Egypt’s Minya...
Mouse embryos grown in space for first time: Japan researchers...
Japan Moon lander revives after lunar night...
Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...
We will utilise this opportunity to smooth supply of fertilisers...
Departure in IT sector essential for national prosperity: Minister Sharma...
What are the rumors about Canada’s student immigration policy?...
Himlung Himal records season’s first summit of 7,000-metre peak...
63 mountaineers granted Mt Everest spring climbing permits...
काठमाडौं । शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हल दर्शकले खचाखच थियो । करिब १३ सय सिट क्षमताको पूरै हल नै भरिभराउ थियो । ठीक साढे ६ बजे कार्यक्रम सञ्चालक हेम सुवेदीले उद्घोष गरे- ‘अब सुरु हुन्छ यम बराल : हिस्टोरिकल लाइभ इन कन्सर्ट । नेपाली सुगम संगीतका शीर्ष गायक एवं प्रसिद्ध पार्श्व गायक यम बराल अब हामीमाझ आउँदै हुनुहुन्छ- आफ्ना कालजयी र चर्चित गीतहरुका साथमा ।’
आफ्नो ऐतिहासिक एकल गायन लाइभ साँझ (यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट)का लागि गायक यम बराल दर्शकदीर्घाबाट सबैलाई अभिवादन गर्दै हलमा प्रवेश गरे । उनीसँगै थिए राष्ट्रिय झण्डा बोकेका उनका छोरा आरोग्य ।
त्यसपछि उनले कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपसभामुख इन्दिरा राना मगर, अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, अतिथि वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकार आलोकश्री, गायक प्रमोद खरेललगायतलाई पालैपालो स्वागत गरे । अनि सम्पूर्ण दर्शकलाई एकमुष्ट स्वागत गर्दै आफ्नो उही चिरपरिचित गीत ‘बादलुको घुम्टोले इलाम बजार छोपिंदा’ गाउँदै यी इलामेली गायक स्टेजमा उक्लिए । आठ जना बाद्यवादकले उनको गायकीमा प्राण भरे भने यो गीत गाइरहँदा उनका छोरा आरोग्य पनि राष्ट्रिय झण्डाका साथ स्टेजमा खडा भइरहे ।
त्यसपछि चर्चित गीत ‘दिलमाया दिलमाया’ गाइरहँदा संगीतकार तथा मित्र आलोकश्रीको नाम लिइरहे । तेस्रो गीतको रुपमा अल्लारे फिल्मको ‘अब चोटहरुले’ गाउँदा धेरैलाई भावुक बनाए । यसबेला उनले वरिष्ठ संगीतकार तथा आफ्ना गुरु शम्भुजीत बास्कोटालाई सम्झिरहे । त्यसपछि गाए ‘मन रहे पो मायाप्रीति’ । अनि गाए ‘बादलुको घुम्टो’पछि सर्वप्रिय बनेको ‘निष्ठुरीले छाडेर गइहाली’ । यसमा त दर्शकको वान्समोर नै आयो । यसमा यमले भने पछि गाउँछु, अनि पहिलो चरणको बिट मार्ने बेला फेरि गाए ।