June 6, 2026
Latest News

CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...

32 ancient-era tombs discovered in Egypt’s Minya...

Mouse embryos grown in space for first time: Japan researchers...

Japan Moon lander revives after lunar night...

Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...

We will utilise this opportunity to smooth supply of fertilisers...

Departure in IT sector essential for national prosperity: Minister Sharma...

What are the rumors about Canada’s student immigration policy?...

Himlung Himal records season’s first summit of 7,000-metre peak...

63 mountaineers granted Mt Everest spring climbing permits...

दिमागलाई स्वस्थ र चुस्त कसरी बनाउन सकिन्छ ?

2024 February 24 Sat 5:35 am

Share

मानव शरीरको अद्भूत अंग हो, दिमाग अर्थात् मस्तिष्क । सोच्नुहोस् त, यसले के–के चमत्कार मात्र गरेको छैन । आज विश्वमा जे–जति उपलब्धि भएको छ, त्यो सबै हाम्रो दिमागको उपज हो । यो यस्तो अंग हो, जसमा आफैंलाई विकास गर्ने, सिकाउने ठूलो क्षमता हुन्छ ।

प्रश्न उठ्छ कि हामीले यो अद्भूत अंगलाई कसरी स्वस्थ राख्न सक्छौं ? कुनै उपाय छ, जसद्वारा हामी मस्तिष्कको क्षमता बढाउन सक्छौं र यसलाई तेज बनाउन सक्छौं ?

युनिभर्सिटी अफ इङ्ल्याण्डका क्लिनिकल मनोविज्ञानका प्रोफेसर थोरस्टेन बर्नहोफर भन्छन्, ‘हाम्रो मस्तिष्कको क्षमतालाई धेरै तरिकाले बढाउन सक्छौं ।’

उनी भन्छन्, केही प्रक्रियाहरू छन् जसले तनाव कम गर्छ र केही हप्तामा न्युरोप्लास्टिकिटीलाई बढावा दिन्छ । ‘न्युरोप्लास्टिकिटी बढाएर, डिमेन्सिया जस्ता रोगबाट बच्न सकिन्छ र मनोवैज्ञानिक आघातबाट हुने मस्तिष्कको क्षतिलाई पनि कम गर्न सकिन्छ ।’

प्लास्टिसिटी भनेको बाहिरबाट आउने जानकारीको आधारमा हाम्रो मस्तिष्कले आफैंलाई परिवर्तन गर्ने क्षमता हो । मनोवैज्ञानिक राजेश पाण्डे भन्छन्, ‘न्युरोप्लास्टिकिटी भनेको हाम्रो मस्तिष्कमा रहेको नर्भ सेल भनिने न्युरोन्समा बन्ने र परिवर्तन हुने सम्बन्ध हो ।’

उनी भन्छन्, ‘हाम्रो मस्तिष्क एक न्युरल वायरिङ सिस्टम हो । मस्तिष्कमा अरबौं न्युरोन्सहरू छन् । आँखा, कान, नाक, मुख र छाला जस्ता हाम्रा ज्ञानेन्द्रियहरूले मस्तिष्कमा बाहिरी सूचनाहरू पुर्‍याउँछन् । यो जानकारी न्युरोन्स भण्डारण हुन्छ ।’

जब हामी जन्मिन्छौं यी न्युरोन्सहरू धेरै कम जडान हुन्छन् । रिफ्लेक्स जडानहरू पहिले नै ठाउँमा हुन्छन् । जसले गर्दा तातो वस्तुको सम्पर्कमा आउँदा बच्चाले हात फिर्ता लैजान्छन् । तर बच्चाले सर्पलाई मुखमा हाल्छ किनभने उसको दिमागमा सर्प खतरनाक हुनसक्छ भन्ने कुरा थाहा हुँदैन । त्यसपछि ऊ सिक्दै जान्छ र तंत्रिका जडानहरू बनिरहन्छ ।

राजेश पाण्डे भन्छन्, ‘यी जडानहरू पनि नयाँ अनुभवसँगै परिवर्तन हुन्छन् । यो सम्पूर्ण प्रक्रियालाई न्युरोप्लास्टिकिटी भनिन्छ । यो सिक्ने, अनुभवहरू सिर्जना गर्ने र सम्झनाहरू भण्डारण गर्ने प्रक्रिया हो । प्रोफेसर थोरस्टेन बर्नहोफर भन्छन् कि दिमाग घुमाउँदा तनाव बढ्छ । बारम्बार एउटै कुराको चिन्ता गर्नु हानिकारक हुने कारणले ‘कोर्टिसोल’ तनाव हार्मोनको स्तर समेत बढ्ने उनको भनाइ छ ।

यो हार्मोन मस्तिष्कको लागि हानिकारक छ र न्युरोप्लास्टिकिटीको लागि अवरोध सिर्जना गर्छ । यसबाट बच्ने उपाय भनेको सजगता हो । माइन्डफुलनेस भनेको वरपरको परिवेश, विचार र संवेदी अंगहरु (आँखा, कान, नाक, मुख, छाला)बारे सचेत हुनु हो । यसको मतलब, धेरै नसोची त्यो समयमा के महसुस गरिरहनुभएको छ भनेर ध्यान दिनुपर्छ ।