June 6, 2026
Latest News

CREATING A HEAVEN FOR THE ‘UNSUNG HEROES OF THE MOUNTAINS’...

32 ancient-era tombs discovered in Egypt’s Minya...

Mouse embryos grown in space for first time: Japan researchers...

Japan Moon lander revives after lunar night...

Russian editor’s Nobel Prize medal sold for USD 103.5 million,...

We will utilise this opportunity to smooth supply of fertilisers...

Departure in IT sector essential for national prosperity: Minister Sharma...

What are the rumors about Canada’s student immigration policy?...

Himlung Himal records season’s first summit of 7,000-metre peak...

63 mountaineers granted Mt Everest spring climbing permits...

ग्लुकोमिटरबाट घरमै कसरी जाँच्ने सुगर ?

2024 February 24 Sat 5:43 am

Share

gsahdfgajhsfdgj

घरमै मधुमेह परीक्षण गर्ने मेसिनलाई ग्लुकोमिटर भनिन्छ । यो एक पोर्टेबल उपकरण हो, जुन मधुमेह रोगीका लागि प्रयोग गरिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा थाहा  हुन्छ ।

ग्लुकोमिटरको माध्यमबाट मधुमेहबाट प्रभावित व्यक्तिले आफ्नो रगतमा चिनीको मात्रा निरन्तर निगरानी गर्न सक्छन् र बारम्बार डाक्टरकहाँ जानु पर्दैन ।

हिजोआज बजारमा नयाँ प्रविधिका ग्लुकोमिटर उपलब्ध छन्, जसको मद्दतले ल्यापटप वा स्मार्टवाचमा उपकरण जडान गरेर सुगर लेभलको रेकर्ड राख्न सकिन्छ । बजारमा ग्लुकोमिटर सजिलै पाइन्छ । यसलाई किन्नका लागि डाक्टरको नोट वा अन्य कुनै कागजात देखाउनु पर्दैन, त्यसैले जो कोहीले यसलाई किन्न सक्छन् । तर ग्लोमिटर किन्नु भन्दा अघि यसबारे केही जानकारी हुनु जरुरी छ ।

रगतको ग्लुकोज जाँच गर्न ग्लुकोमिटर प्रयोग गर्ने तरिका

यो यन्त्रको तीनवटा पार्टपुर्जा हुन्छन्-  ग्लुकोज नाप्ने डिजिटल यन्त्र, टेस्ट स्ट्रिप र रगत निकाल्ने ल्यानसेट ।

ग्लुकोमिटर प्रयोग गर्दा साबुन पानीले आफ्नो हातलाई सफा गर्नुपर्छ । विशेषगरी आफ्नो औंलाहरूलाई राम्ररी सफा गर्ने र सफा तौलियाले पुछेर सुक्खा बनाउने र अब ग्लुकोमिटरलाई अन गरी त्यसमा टेस्ट स्ट्रीप फिट गर्नुहोस् । मिटरले रगत मागेको संकेत गर्छ ।

‘ल्यान्सेट’ रगतको स्याम्पल निकाल्ने स्ट्रिपको सहायताले आफ्नो औंलाबाट रगतको एक थोपा निकाल्नुपर्छ ।

रगतको थोपालाई अब टेस्ट स्ट्रिपको टुप्पामा छुवाइदिने, रगत बिस्तारै टेस्ट स्ट्रीपमा जान्छ र केही सेकेन्डमै ब्लड सुगरको लेबल देखाइदिन्छ ।

केही एन्टिसेप्टिक तरलले औंलाको वरिपरि रगत पुछेर ग्लुकोमिटर टेस्टिङ स्ट्रिप्स नष्ट गर्नुपर्छ ।